धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’ फागुन ९ मा प्रदर्शन हुने

23

सिताराम कट्टेल र कुञ्जना घिमिरेको मुख्य भूमिका रहेको चलचित्र ‘सेन्टी भाइरस’को फस्टलुकसँगै प्रदर्शन मिति सार्बजनिक गरिएको छ । केही दिन अगाडि मात्र छायाँकन सकिएको यो चलचित्र फागुन ९ गते बाट सार्बजनिक प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।

चलचित्रको फस्टलुकमा मुख्य कलाकार सिताराम कट्टेललाई देख्न सकिन्छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रको कथावस्तुको बिषयमा केही पनि खुलाइएको छैन । चलचित्रमासिताराम कट्टेल र कुञ्जना घिमिरेको अलवा दयाहाङ राई, वुद्दि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका छ ।

डिन्डु लामा ह्याल्मोको लगानी रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दिपक आचार्यको लेखन रहेको चलचित्रमा कुमार महर्जनको द्वन्द, शैलेन्द्र डी कार्कीको छायांकन रहेको छ ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...