‘पोई पर्‍यो काले’ लाइ दर्शकबाट राम्रो प्रतिक्रिया,ब्यापार उकालो लाग्दै

64

काठमाडौँ: दिपावलीको छेको पारेर गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र चलचित्र ‘पोई पर्‍यो काले’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाई रहेको । मल्टीप्लेक्स र सिंगल दुवै स्क्रिनमा चलचित्रले दर्शकको साथ पाई रहेको र हेर्ने जति दर्शकले चलचित्रबाट मनोरन्जन पाई रहेको प्रतिक्रिया दिएको निर्देशक शिशिर राणाले जानकारी गराए। चाडबाडको समय र बिदाको बेला परेकोले चलचित्रले दर्शक राम्रो पाउन सफल बनेको हो । शुक्रबार देखि आज सम्मको कलेक्सन सार्बजनिक नगरे पनि व्यापार बाट निर्माण टिम सन्तुस्ट रहेको छ।

सिंगल हलमा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीलाई मन पराउने दर्शक धेरै देखिए । अधिकांश दर्शकले पूजा र आकाशलाई हेर्न आएको प्रतिक्रिया दिए ।

सेन्सर बोर्ड बाट युनिभर्सल प्रमाणपत्र पाएको चलचित्रले मानिसको बाहिरी रुप हेरेर राम्रो नराम्रो भनिने गलत सोच राख्नु हुँदैन भन्ने सन्देश बोकेको छ । मानिसको रुप भन्दा पनि मन सफा र गोरो हुनुपर्ने बिषयलाई उठाउन खोजेको चलचित्रमा निर्देशक शिशिर राणाकै कथा रहेको छ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा पूजा शर्मा,आकाश श्रेष्ठ, सौगात मल्ल,श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ । तिहारको समयमा चलचित्र हेरेर दर्शकले मनोरञ्जन लिई रहेका छन् ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन रहेको चलचित्रमा अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी रहेको छ ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...