प्रदिप र वर्षा फिचर्ड देउसी भैलो गीत (भिडियो)

56

हिन्दुहरुको दोश्रो महान चाड दिपावली नजिकिए संगै देउसी भैलो गीत बज्न सुरु भएको छ । नेपाली चाड पर्व संगै चाड बाड बिसेष गीत संगीतले पनि स्थान पाउने गरेका छन् । ओम प्रकाश राईको स्वर तथा संगीतमा तिहार गीत ‘नगासें बहिनि टिपेर माला’ यु ट्युबमा गत वर्ष सार्बजनिक भएको हो ।

यस बर्ष पनि तिहारमा यो गीतले विभिन्न ठाउंमा स्थान पाई रहेको छ । आर.डि.थापाको मार्मिक शब्द रहेको गीतको भिडियोमा प्रदिप सापकोटा र वर्षा रसाइली फिचर्ड छन् । गीतमा दिनेश राजबाहकको संगीत संयोजन रहेको छ । अजय गोलेले छायांकन गरेको भिडियोलाइ ललित सिंह साउदले सम्पादन गरेका छन् । भिडियो ओम प्रकाश राइले निर्देशन गरेका हुन् । ओशियन म्युजिक नेपालको यु ट्युब च्यानल मार्फत भिडियो सार्बजनिक गरिएको छ ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...