‘काले दाई’ गीत सार्बजनिक (भिडियो)

61

बिजयादशमीको अवसर पारि असोज १७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘काले दाई’को दोश्रो गीत सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो । गीत सार्बजनिक कार्यक्रममा चलचित्रका कलाकार,संगीतकार,गायक गायिका र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो कार्य व्यस्तताको कारण निर्देशक शर्मा भने अनुपस्थित रहे । सार्बजनिक ‘यो दुनियाँ मेरो लागि’ बोलको गीतमा सुरज थापाको स्वर रहेको छ पवनवांग लामाको संगीत रहेको गीतमा इन्द्र रामजाली र गोभिन्द श्रेष्ठको शब्द रचना रहेको छ । गीत सार्बजनिक कार्यक्रममा बोल्दै अभिनेता शिशिर यो चलचित्रलाई लिएर निकै उत्साहित र आशावादी रहेको बताए । प्राय सबै चलचित्रमा सहायक रोलमा मात्र देखिने शिशिरले यसपटक चलचित्रमा आफ्नो जोडी बाँधिएको पनि बताए ।

नेपाल सेनामा कार्यरत युवाको कथा बोल्छ । शिव शर्माले निर्देशन गरेको चलचित्र नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। चलचित्रमा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ। अन्तर्जातीय प्रेम कथा पनि चलचित्रले उठाउन खोजेको छ ।

चलचित्रमा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, रामचन्द्र अधिकारी,गोबिन्द श्रेष्ठ लगायतको अभिनय रहेको छ। चलचित्रको कथा ईन्द्र रामजाली र किशन अर्यालले लेखेका हुन् । चलचित्रमा पवन गौतमको छायांकन, कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...