‘सत्या’ चलचित्रको ट्रेलर र फस्ट लुक सार्वजनिक

20

मिलन आले मगर को निर्देशन रहेको चलचित्र’ सत्या’ को फस्ट लुक र ट्रेलर गत आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माण टिमले सार्वजनिक गरेको थियो |

धनेश्वर फिल्मसको ब्यानर मा निर्माण भएको चलचित्रको सार्वजनिक ट्रेलरमा एक्सन लभ स्टोरी रहेको देखन सकिन्छ चलचित्रमा  राज कालाखेती, विकास थापा मगर, वर्षा थिङ, करण सिंह बोहरा, प्रिया शर्मा, सुमन खत्री, गौरव सम्राट लगायत कलाकारहरुको अभिनय रहेको छ ।

‘सत्या’ चलचित्र यही आउदो कार्तिक २७ गते देखि अल नेपाल प्रदर्शन हुने यस चलचित्र निर्देशकले जानकारी गराएका थिए| यो चलचित्र एक सत्य घटनामा आधारित रहेर निर्माण गरिएको चलचित् को निर्मातामा सुमन खत्री, झम्का देवि कालाखेती र करण सिंह बोहरा रहेका छन् भने कार्यकारी निर्मातामा मदन थिङ रहेका छन् चलचित्रको कथा श्रवन सम्राटले लेखेका हुन् । सिनेमामा विकास चौधरीको संगीत, रामजी लामिछाने, सुरेश पाण्डे र सुरेन वस्यालको कोरियोग्राफी,देव महर्जनको द्धन्द्व निर्देशन, तारा थापा (किम्भे) र श्यामराज श्रेष्ठको सम्पादन रहेको छ । सो कार्यक्रममा यस चलचित्रका नायक एवम् निर्माता मध्ये का एक बिकाश थापा मगरको जन्म दिन परेको हुनाले निर्माण टिमले केक काटी बिकास ले नै अभिनय गरेको अर्को एक आधुनिक गीतको भिडियो समेत सार्वजनिक गरिएको थियो |

 

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...