पुजा शर्माको पोई मा सौगात मल्ल हुने चलचित्र कार्तिक ८ मा प्रदर्शन हुने

63

चलचित्र  ‘पोइ पर्यो काले’को शुभ मुर्हूत  हिजो एक कार्यक्रम को आयोजना गरी  गरिएको छ । शिशिर राणाले निर्देशन गर्ने फिल्मका मुख्य कलाकार सौगात मल्ल, पूजा शर्मा, सृष्टि श्रेष्ठ, आकाश श्रेष्ठ, सुरक्षा पन्त र सोहित मानन्धर सगै  राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामा, गोपाल ढकाल (छन्दे)को पनि अभिनय रहनेछ । यो चलचित्र मा नायिका पुजा शर्माले लिएको पारिश्रमिक को बारे निकै चर्चा परिचर्चा चलि रहेको बेला अर्को नायिका आचल शर्माले त सम्झौता मा बढी पैसा र लिदा फरक हुने कलाकारहरु भित्रि कुरा पनि बाहिर आए सगै नायिका शर्माले पनि ‘पोई पर्यो काले’मा हल्ला मात्र गरेर आफ्नो पारिश्रमिक रेट मिडिया चर्चा मा आउन यसो गरेकी हुन् |

राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराईले निर्देशकको भूमिका निर्वाह गर्दा चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले क्ल्याप हाने  भने , निर्देशक सम्झना उप्रेती रौनियारले क्यामरा अन गरिन । वितरक गोपालकाजी कायस्थले नरिवल फूटाउँदै सबैले सफलताको शुभकामना व्यक्त गरे ।

कमेडी जनराको फिल्ममा सौगात र पूजाले जोडी बाँध्नेछन् । जेठ १३ बाट फ्लोरमा जाने फिल्मलाई आगामी दिपावलीको अवसर पारेर कार्तिक ८ गते रिलिज गरिने बताइएको छ ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...