‘ कुम्भ करण ‘मा निशाको वरीपरी गौरब ,भोला र अभय

144

यही जेठ १७ गते प्रदर्शनको तयारी रहेको चलचित्र’ कुम्भ करण ‘को पहिलो अफिसियल ट्रेलर यो हप्ता एक कार्यक्रमको आयोजना गरी ट्रेलर र एक गीत सार्वजनिक गरिएको थियो |

दिपक ओलिको निर्देशन रहेको सार्वजनिक ट्रेलरमा नायिका निशा अधिकारी एक अंग्रेजीशिक्षिकाको भूमिका देखा परेकी छिन् भने नायक गौरब पाहरी नेपाली शिक्षक  ,भोलाराज सापकोटा  प्राध्यापक र अभय बराल बिद्यालयको पिउन को पात्रमा देखिएका छन् यी तिनै जाना नायिका अधिकारी वरिपरी नै पिछा गरेको देखिन्छ  आकाश पल इन्टरटेरमेन्टको ब्यानर निर्माण भएको चलचित्र को ट्रेलर हेर्दा सस्पेन्स र कमेडी र प्रेम रहेको अनुमान लगाउन सकिन्छ |

आकास पल प्रस्तुतकर्ता रहेको चलचित्रमा भोलाराज गौरब र अभय सगै प्रमोद अग्रहरी ,आकाश पल ,कुलदिप अधिकारी, कमल गाउले र प्रतिभा क्षेत्री लगायत कलाकारको अभिनय रहेको चलचित्रको कथा दिपक ओलीको पटकथा/संबाद महेश दवाडीको रहेको चलचित्र को निर्मातामा चित्र बहादुर घर्तिमगर र  क्षितिज बस्नेतको रहेको चलचित्रको सह निर्मातामा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेको छन् । भने, चलचित्रमा कार्यकारी निर्मातामा  रोम ओली र चुपनिधि रिजाल (अरुण) रहेका छन् । रिच इन्टरटेनमेन्टका करण श्रेष्ठले वितरण गर्ने सिनेमामा गोबिन्द मधुर आचार्यको संगीत, सुनिल बसेलको कोरियोग्राफी, हरि घले लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...