पक्का लाग्ने भयो जेठ १७ गते ‘काउसो’

307

अर्नभ फिल्मस प्रोडक्सन प्रा.लि’को  प्रस्तुति  रहेको चलचित्र ‘काउसो’ को आफ्नो प्रदर्शन मिति  केहि हेरफेर गरी अनन्त त यो चलचित्र अब जेष्ठ १७  गते लाई फाईनल गरेको छ  । यो चलचित्र  वैशाख २० गते बाट प्रदर्शनमा आउने भनिएको यो चलचित्र  मह संचारको ब्यानर निर्माण भएको चलचित्र  ‘दाल  भात तरकारी’ प्रदर्शन हुने भएकोले चलचित्र काउसोले आफ्नो चलचित्र को प्रदर्शन मिति करिब एक महिना पछि अर्थात् जेठ १७ गते प्रदर्शनमा मिति सारेको छ|

अब भने तोकिएको मितिमा प्रदर्शन हुने निर्माण टिम ले बताएका छन् |यो चलचित्र  हास्यप्रधान रहेको चलचित्रमा  सबिन श्रेष्ठ, अर्जुन गुरुङ, अनु पराजुली, रामचन्द्र अधिकारी,  नबिन आचार्य ,सुरेन्द्र चापागाई,  सन्नी भट्टराई, सोनीका बास्तोला ,उग्रसेन ढुंगाना र बाल कलाकारमा असिम तिमल्सिना आदि को अभिनाय रहेको छ ।प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् भने निर्माता मा सिताराम तिमल्सिना ज्याक, भगवान खत्री रहेका छन ।  चलचित्रको कथा तथा निर्देशन मदन घिमिरेको पटकथा/ संबाद भोजराज देवकोटाको चलचित्रमा संगीत बिकास चौधरी, द्न्द् शंकर महर्जन र नृत्यमा बिक्रम स्वार छायाँकन रामेश्वर हुमागाईको सम्पादन नबिन निरौलाको प्रोडक्सन डिजाईनर सुर्य बुढाथोकीको रहेको चलचित्रको कार्यकारी निर्मातामा अन्चिला केसी रहेकी छिन्  भने चलचित्र उपत्यका भित्र बिके फिल्मस र उपत्यका बाहिरको लागि एफडी कम्पनीले बितरण गर्ने भएको छ |

 

 

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...