‘लभ स्टेशन’ले पायो राम्रो दर्शक

86

काठमाडौं । गत शुक्रबारबाट रिलिज भएको फिल्म ‘लभ स्टेशन’ले आइतबारसम्म आइपुग्दा उत्साहजनक व्यापार गरेको निर्माण पक्षले जनाएको छ । फिल्मका वितरक तथा निर्माता गोविन्द शाहीका अनुसार फिल्मले शनिबार गोपिकृष्ण मूभिजको चार ओटा हल, अष्ट नारायणको दुई ओटा हल, गुण सिनेमाका तीन ओटा हल तथा मल्टीप्लेक्स हलमा हाउसफूलको व्यापार गरेको छ ।

‘मुलुकका सबैजस्तो हल शनिबार हाउसफुल थिए । आइतबारबाट मौसम बिहानै देखि राम्रो रहेको छ । त्यसकारण व्यापार पनि राम्रो भएको छ’, निर्माता शाहीले भने । शनिबार दिउँसो काठमाडौंको गोपिकृष्ण, बिएसआर, अष्टनारायण लगायतका सिनेमा हलमा अभिनेता प्रदीप खड्का, प्रकाश शाह, अभिनेत्री जसिता गुरुङलगायतको लभ स्टेशन टिम पुगेका थिए ।

उज्ज्वल घिमिरे निर्देशित फिल्ममा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

यसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...