खुशी तिमीलाई मिलोस’को भिडियो सार्वजनिक

509

नेपाली आधुनिक सुगम संगीतका बादशाह चर्चित गायक तथा संगीतकार शिव परियारको स्वर रहेको सुपरहिट गीत ‘आँशुको अर्थ’को भाग २ ‘आँशुको अर्थ २ – ‘मेरो भागको खुशी तिमीलाई मिलोस’को भिडियो सार्वजनिक गरिएको छ ।‘आँशुको अर्थ’लाई युट्युबमा करिब एक करोड १६ लाख पटक हेरी सकिएको छ । ‘आँशुको अर्थ’गीतलाई दर्शक तथा स्रोता निकै मन पराए पछि शिव परियारको स्वर तथा संगीतमा आँशुको अर्थ २ – ‘मेरो भागको खुशी तिमीलाई मिलोस’को भिडियो सार्वजनिक गरिएको हो ।यस गीतलाई संचारकर्मी रवि अधिकारीले लेखेका हुन् । ।गीतलाई संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् । ‘आँशुको अर्थ २ – ‘मेरो भागको खुशी तिमीलाई मिलोस’ गीतको भिडियोमा नायक तथा मोडल सन्नी सिंह र नायिका तथा मोडल ज्योत्सना योगीको जिवन्त अभिनय रहेको छ ।

‘आँशुको अर्थ’मा भने नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय रहेको थियो । यस भिडियोलाई चर्चित म्युजिक निर्देशक निकेश खड्काको निर्देशन गरेका हुन् । बुद्ध थापा को छायांकन र धमला बिकाशको सम्पादन रहेको छ यस गीतमा सृष्टि थापा मगरको मेकअप रहेको छ । गायक शिव परियारलेको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरिएको यस गीतलाई शिवले बजारमा आउन लागेको आफ्नो एघारौं सांगीतिक संग्रह ‘शिवालय’ मा समाबेश गरेका छन ।

यस गीतलाई स्टुडियो साउन्ड मिल मा रेर्कडिङ गरिएको हो भने महेश्वर मान राजभण्डारीले भने यस गीतलाई रेकर्डिङ ,मिक्सिङ ,मास्टरिङ गरेका हुन ‘।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...