कप्स चलचित्र को ‘तिमि र म ‘बोलको गित सार्वजनिक

177

कलाकार सम्राट सापकोटाको निर्देशन रहेको चलचित्र कप्स को पहिलो गित आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि ‘ तिमि र म ‘बोलको गीत सार्वजनिक गरिएको छ |बैशाख २७ गते देखि अल नेपाल प्रदर्शन मिति तय गरेको चलचित्रको सार्वजनिक गरेको गित हेर्दा रोमान्टिक रहेको गीतमा नायक अनुप बिक्रम शाही र  नव नायिका सन्दिपा लिम्बु संग रोमान्टिक रुपमा देखिएको गीतमा संगीत र शब्द विजय घिमिरे को रहेको छ भने गीतको कोरियोग्राफी शिशिर खातीको चलचित्रको गीतमा स्वर नितु गुरुङ  र स्वम संगीतकार को रहेको  गीतको छायाँकन साईप्रस गरिएको छ  |

चलचित्रमा अनुप र सन्दिपा सगै  अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । ‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ को निर्माणमा बनेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन रहेको छ |

चलचित्र’ कप्स’ मा  अनुपले डीएसपी अमन सिंहको भूमिका निभाएका छन् । प्रायः हिरोसँग बदला लिने चरित्रमा मात्र प्रस्तुत हुँदै आएका उनले यसमा एक सच्चा प्रहरी अधिकृतको भूमिका निभाएको शाहीले गीत सार्वजनिक कार्यक्रम बताएका थिए |

 

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...