चलचित्र ‘लभ स्टेशन’को रोमान्टिक गित ‘घाम जुन चाहिदैन’ सार्बजानिक

138

काठमाडौं । चलचित्र ‘लभ स्टेशन’को रोमान्टिक गित ‘घाम जुन चाहिदैन’ सार्बजानिक भएको छ । नेपाल, भियतनाम र भारतका रमणीय स्थानमा छायाँकन गरिएको गीतमा लिड कलाकार प्रदिप खड्का र जसिता गुरुङ फिचर्ड छन् ।

प्रेम दिवसको अबसरमा मायालु मनहरुलाई समर्पित गर्दै निर्माण टिमले गीत रिलिज गरेको हो । सार्वजनिक ‘घाम जून चाहिँदैन मलाई’ बोलको गीतमा स्वर सुगम पोखरेल र रेश्मा पुनःको छ भने संगीत दिपक शर्मा र एलिश कार्कीले भरेका छन् ।

शिशिर खातीको कोरियोग्राफी समावेश गीतको भिडियोमा प्रदिप र जसिताको केमेष्ट्रि गज्जब देखाइएको छ । गोविन्द शाहिको निर्माणमा बनेको चलचित्रलाई उज्जल घिमिरेले निर्देशन गरेका छन् । चैत्र २२ बाट प्रदर्शनमा आउने चलचित्रमा प्रदिप र जसितासँगै प्रकाश शाह, रमेश बुढाथोकी, सिरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतको अभिनय रहेको छ ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...