चलचित्र ‘परीः उड्न देऊ’मा विपिन कार्की र सृष्टि खड्का

146

काठमाडौं । म्युजिक भिडियो बाट निर्देशनको अनुभव संगालि सकेका युवा निर्देशक निशान कस्यप अब चलचित्र ‘परीः उड्न देऊ’ मार्फत चलचित्र निर्देशनमा आउने भएका छन् । उनले नायक विपिन कार्की र नवनायिका सृष्टि खड्कालाई जोडी लिएर चलचित्र निर्माण गर्न लागेका हुन् ।

साढे एक करोडको बजेटमा निर्माण हुने चलचित्रको सोमबार राजधानीमा घोषणा गरियो । रुपेशमान अमात्यले निर्माण गर्ने चलचित्रमा निर्देशक कस्यपकै कन्सेप्ट रहेको छ । चलचित्र पारिवारिक र सस्पेन्स थ्रिलर किसिमको हुने बताए । ‘आरएन आइकन’को ब्यानरमा बन्ने चलचित्रका लागि बाँकी कलाकार फाइनल हुन बाँकी छ । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, निपिल शर्माको कथा लेखन रहनेछ ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...