यस्तो छ चलचित्र ‘यात्रा’ को पहिलो गीत ‘पाँच पन्क्षी’(भिडियो)

136

काठमाडौँ – चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ को पहिलो ‘पाँच पन्क्षी’ बोलको गीत सार्वजनिक भएको छ । काठमाडौंदेखि सोलुखुम्बुसम्मको यात्रालाई समेटिएको गीतमा धर्मेन्द्र सेवान, मेलिना राई, प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको स्वर रहेको छ भने यसमा शब्द र संगीत प्रतिक पौडेलको रहेको छ । गीतमा सलिनमान बनियाँले मस्ती गरेको देख्न सकिन्छ ।

चलचित्रमा सलिनमानले एक यात्रीको भूमिका निर्वाह गरेका छन् । चार साथीसँगको यात्रामा आउने उतारचढावलाई चलचित्रमा देखाइएको छ । चलचित्रमा यात्रारत यात्री भए पनि सलिनमान वास्तविक जीवनमा भने यात्रामा चासो राख्दैनन् । ‘मलाई यात्रामा कहिल्यै रुची लागेन । तर चलचित्रको यात्रा भने रमाइलै भयो’, उनले भने, ‘मलाई प्रेमकथाका चलचित्र भन्दा पनि एक्सन फ्लेभरको चलचित्र मनपर्छ ।’

सम्राट शाक्य निर्देशित चलचित्रमा सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतका कलाकारको अभिनय छ । केशव भट्टराईको निर्माण रहेको चलचित्र आगामी चैत अन्तिम साता अर्थात नयाँ वर्षको अवसर पारेर चैत २९ मा प्रदर्शन हुँदैछ ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...