नवीन निरौला निर्देशित चलचित्र ‘फिङ्गर प्रिन्ट’को ट्रेलर सार्वजानीक

140

काठमाडौ । नवीन निरौला को निर्देशन रहेको चलचित्र ‘फिङ्गर प्रिन्ट’को ट्रेलर सार्वजानीक भएको छ । निर्देशक निरौलाकै लेखन र सम्पादन रहेको सस्पेन्स थ्रिलर चलचित्र  आगामी फागुन १० गते प्रदर्शनमा आउदैछ ।

‘कामना फिल्म्स’ को ब्यानरमा अनिल श्रेष्ठ (रोमन) ले निर्माण गरेको चलचित्रमा  दीपक त्रिपाठी, सरिता लामीछाने,राज क्षितिज, रमेश बुढाथोकी,आयुष्मा कार्की,आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल,सुवास कार्की,जेसिका भुसाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

शंकर आचार्य र अनिल श्रेष्ठ सहनिर्माता रहेको चलचित्र मेडिकल साइन्सको बिषयमा निर्माण गरिएको निर्देशक निरौला बताउछन् । चलचित्रमा दयाराम पाण्डेको गीत,अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ । सुमन तण्डुकार र राहुल राईले खिचेको चलचित्रमा फिङ्गर प्रिन्टको दुरुपयोगले बिश्वमा हुन सक्ने अपराध लगायतका बिषयबस्तु प्रस्तुत गरिएको छ ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...