चलचित्र ‘ए मेरो हजुर-३’को टिजर सार्वजनिक

काठमाडौँ- चलचित्र ‘ए मेरो हजुर’ को अघिल्ला २ सिरिज हिट भए लगत्तै उक्त चलचित्रको तेश्रो सिरिज ‘ए मेरो हजुर-३’ को टिजर सार्वजनिक भएको छ । करिब १ मिटेन लामो टिजरमा नायक अनमोल केसी र झरना पुत्री सुहाना थापाको केमेस्ट्री देख्न सकिन्छ ।
‘सुहाना ईन्टरटेनमेन्ट’को ब्यानरमा सुनिल कुमार थापाले निर्माण गरेको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी छिन । संजय लामाको छायांकन रहेको चलचित्रमा आशिष अविरल, कल्याण सिंह र प्रतिक पौडेलको संगीत रहेको छ भने कविराज गहतराज, रामजी लामिछाने, राहुल शाह, प्रविण सिहं चलचित्रका कोरियोग्राफर हुन् ।
म्युजिकल लभ स्टोरीमा आधारित चलचित्रमा अनमोल रकस्टारको भूमिकामा देखिएका छन । चलचित्र आउँदो नयाँ बर्षको अवसर पारेर नेपालभर प्रदर्शन हुदैछ ।
