फाल्गुन १० मा चलचित्र ‘व्वाईफ्रेन्ड’ प्रदर्शनमा

207

काठमाडौं । चलचित्र ‘व्वाईफ्रेन्ड’को एक साथ ट्रेलर र गित सार्बजनिक भएको छ । चलचित्रको निर्माण पक्षले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि एकै पटक गित र ट्रेलर रिलिज गरेको हो । चलचित्र आगामी फाल्गुन १० गतेबाट देशभर प्रर्दशनमा आउने निर्माण पक्षले जानकारी गराएका छन ।

निर्देशक घिमिरेका अनुसार ‘हतारमा ग्रलफ्रेन्ड/व्वाईफ्रेन्ड बनाउदा टिनेजमा के कस्ता समस्याहरु आइपर्छ भन्ने बिषय बस्तुलाई चलचित्रमा दर्शाएको छ’।

मदन घिमिरेको निर्देशन रहेको चलचित्रमा सरोज खनाल,पुस्कर रेग्मी ,सोनाम थापा ,महिमा सिलवाल,कृष्ण खनाल,मोहन निरौला,शेखर के.सी ,सोभा भण्डारी, पुजा थापा लगायत कलाकारहरु को अभिनय रहेको छ ।

चलचित्रको प्रस्तुतकर्ता सुर्य बुढाथोकी हुन् भने निर्माता कृष्ण खनाल रहेका छन । चलचित्रमा कृष्ण चापागाई को लेखन, कृष्ण श्रेष्ठ को छायांकन, शंकर महर्जन को द्न्द , पुनम राइ,राजेन्द्र र कमल राइ को कोरियोग्राफी रहेको छ । चलचित्रलाई संगीत भने टंक बुढाथोकी,सोनाम शेर्पा र के.के सिं ले दिएका छन ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...