पहिलो दिन जम्मा यति मात्रै कमायो “जिरो” ले !

239

२०१८ को अन्तिम समयमा रिलिज भएको फिल्म जिरो ले पहिलो दिन २०.१४ करोड कमाई गरेको छ ।

यो फिल्ममा शाहरुख खान,अनुष्का शर्मा,कट्रिना कैफ सँगै बलिउडका ५० भन्दा धेरै स्टारहरुले अभिनय गरेका छन् ।
त्यसो त यो फिल्ममा गत वर्ष दिवंगत भएकी बलिउड अभिनेत्री श्रीदेवीलाई पनि देख्न सकिन्छ ।

जिरो श्रीदेबीको अन्तिम फिल्म भएको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

शाहरुख खान यो फिल्ममा विषेश किसिमको भुमिकामा प्रस्तुत भएका छन् । उनि आम मान्छे भन्दा सानो कदमा देखीएका छन् ।
त्यसो त क्रिस्मसको मौका छोपेर रिलिज गरिएको यो फिल्मको ओपनीङ्ग ब्यापार अपेक्षाकृत हुन सकेन ।

४९ सय भन्दा धेरै पर्दामा रिलिज भएको फिल्मले २०.१४ करोड मात्रै कमाई गर्नु अत्यन्त निरासाजनक ब्यापार भएको बताईएको छ ।

भारतीय संचार माध्यमहरुका अनुसार शनिबार र आईतबार यो फिल्मले पिकअप लिन नसकेमा जिरो साँच्चीकै जिरोकै अवस्थामा पुग्ने छ । अर्थात निर्माताको हातमा जिरो पैसा रिर्टन आउने छ ।

आनन्द एल रायको निर्देशनमा बनेको यो फिल्मको कुल लगानी २०० करोड रहेको छ ।

यो फिल्मलाई बिश्वब्यापी ४९६५ ओटा पर्दामा रिलिज गरिएको छ । जस मध्य भारतमा मात्रै ४३८० पर्दा रहेको छ, भने अन्य देशमा १५८६ पर्दा रहेको छ ।

कुरा यदि खान फिल्मको र २०१८ मा प्रर्दशन भएको फिल्मको गर्ने हो भने । शाहरुख खानको यो फिल्म सबै भन्दा अन्तीम स्थानमा परेको छ । २०१८ मा प्रर्दशन भएको सलमान खानको फिल्म रेश ३ ले पहिलो दिन २७ करोड कमाई गरेको थियो । त्यसै गरी यसै वर्ष तिहारमा रिलिज भएको अमिर खानको फिल्म ठग्सअफ हिन्दुतानले पहिलो दिन ५२ करोड कमाई गरेको थियो । शाहरुख खानको यो फिल्मले भने जम्मा २०.१४ करोड मात्रै कमाई गर्न सफल भएको छ । त्यसो त यो वर्ष रिलिज भएका फिल्महरु रेश ३ र ठग्सअफ हिन्दुस्तान दुबै बक्स अफिसमा फ्लप भएका फिल्महरु हुन् । त्यस हिसाबले हेर्दा जिरो पनि फ्लप नहोला भन्न सकिदैन ।

पहिलो दिन फिल्म जिरोले ओभरसिजमा जम्मा २ करोडको हाराहारीमा मात्रै कमाई गरेको छ । जसमा दुबईबाट १.४२ करोड,अष्ट्रेलीयाबाट ३६.६८ लाख र न्युजील्यान्डबाट २१.५१ लाख रहेको छ ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...