जरीनको गाडीमा ठोकीदा मोटरसाईकल चालकको मृत्यु !

164

बलिउड अभिनेत्री जरीन खानको गाडीमा ठोक्कीएर एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ । भारतीय संचार माध्यमहरुका अनुसार यो घटना गोवामा भएको हो । दुर्घटना लगत्तै जरीनले मोटरसाईकल चालकलाई अस्पताल लगेकी थिईन । तर हेलमेट नलगाई मोटरसाईकल चलाएको र टाउकोमा ठुलो चोट लागेकाले घईतेलाई डक्टरले बचाउन सकेनन् ।

२०१० मा रिलिज भएको सलमान खानले मुख्य भुमिकामा अभिनय गरेको फिल्म बिर बाट बलिउड यात्रा सुरु गरेकी जरीन पछिल्लो समय आफ्नै म्यानेजर सँगको लफडाले गर्दा पनि चर्चामा रहेकी छिन् । उनले आफ्नो म्यानेजर अंजली आश्थालाई समयमा तलब दिन नसकेपछि यि दुईको बिवाद पुलिस सम्म पुगेको छ ।

जरीनले बिर पछि फिल्म हाउस फुल २ र अन्य तामिल तथा पंजाबी फिल्महरुमा अभिनय गरेकी छिन् ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...