फेरी तनावमा सलमान खान !

210

बलिउड सुपरस्टार सलमान खान पछिल्लो समय फेरी तनावमा रहेका छन् । यो पटक उनि तनाबमा रहनुको कारण उनि आफै नभएर उनका एक जना फ्यान रहेका छन् । उत्तर प्रदेशको प्रयाग नगरमा स्थाई घर भएका यि फ्यानले सलमानको नजिकको कर्मचारीलाई बारम्बार फोन गरेर सलमान सँग भेटाई दिन दबाद दिएका छन् ।

कुरा यतिमा मात्रै टुंगीएन । शेरु नाम गरेका यि फ्यानले सलमानको पिता सलिम खानलाई फोन गरेर सलमान सँग आफुलाई भेट नगराएमा ज्यान मार्ने धम्की समेत दिएका छन् ।

जब सलमानका कर्मचारीले ति फ्यानलाई सलमान सँग भेट गराउन नसक्ने बताए त्यसपछि उनले ज्यान मार्ने धम्की दिन थालेका थिए ।
उक्त फ्यानबाट ज्यान मार्ने धम्की आएपछि सलमानको टिमले मुम्बैको बान्द्र पुलिस स्टेसनमा उजुरी दर्ता गराएको । उजुरी दर्ता भएपछि मुम्बैको एउटा पुलिस टिम शेरुलाई पक्राउ गर्न उत्तर प्रदेशको प्रयाग नगर पुग्यो ।

शेरुलाई पक्राउ गर्न प्रयागनगर पुगेको पुलिस टिमले शेरुलाई पक्राउ गर्न सफल भयो र अहिले उसलाई बान्द्र पुलिसको हिरातमा राखेर कार्वाही प्रक्रिया अगाडी बढाएको छ ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...