प्रियंका सँग लिभीङ रिलेशनमा बस्न चहान्छन् निक जोनस

186

एजेन्सी । पछिल्लो समय अभिनेत्री प्रियंका चोपडा र निक जोन्सको सम्बन्धको बारेमा निकै चर्चा हुन थालेको छ । यो जोडी पछिल्लो समय मुम्बई पनि आएका थिए, भने अहिले उनीहरु गोवामा होलिडे मनाईरहेका छन् ।

यो जोडीले कहिले बैबाहिक बन्धनमा बाँधिन्छन् भन्ने कुरा चाँही थाहा छैन, तर समाचारमा आए अनुसार निक भने अब प्रियंकाको साथमा ‘लिभ-इन’ मा रहन चाहन्छन् ।

लाइफ एण्ड स्टाइलका एक सुत्रले बताए अनुसार प्रियंकाको लागि निक निकै सिरियस छन् । उनी प्रियंकाको साथमै रहन चाहन्छन् । साथै निकको बुझाईमा उनको एक्स केटी साथि भन्दा प्रियंका निकै समझदार छन् । साथै यी दुवैको सम्बन्ध राम्रो छ ।

त्यस्तै निकका साथीका अनुसार पनि उनको सम्बन्ध निकै सिरियस छ । निक प्रियंकाको साथमा आफ्नो परिवार सुरु गर्न चाहन्छन् । केही दिन अघि उनीहरु मुम्बई आएका थिए भने प्रियंकाकी आमा मधुको साथमा डिनरमा पनि गएका छन् ।

पछिल्लो केही महिना देखि प्रियंका र निक सँगै देखिन थालेका छन् । यसै कारण यो जोडी अफेयरमा रहेका कुरा पनि अनुमान गरिदै आएको छ ।

निक अमेरिकी गायक तथा संगीतबार हुन् । उनी २५ वर्षको भएका छन् । उमेरको हिसावले निक प्रियंका भन्दा १० वर्ष कान्छो छन् । यो जोडीको भेट टिभि शो क्वान्टीकोको दौरामा भएको थियो ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...