पैसा फिर्ता माग्ने सँग रिसाए सलमान

139

बलिउका सुपर स्टार सलमान खानले अबदेखि  चलचित्र  फ्लप भएपछि पैसा माग्न आउनेहरु सँग काम नगर्ने बताएका छन्। यसअघि २०१७ मा रिलिज भएको चलचित्र ‘ट्यूबलाइट फ्लप भएको थियो। त्यसबेला डिस्ट्रीब्यूटर्स उनिसँग पैसा फिर्ता माग्न आएका थिए। सलमानले चलचित्रमा नोक्सान भएको मध्ये  ५० प्रतिशत रकम डिस्ट्रीब्यूटर्स लाई फिर्ता गरेका थिए।तर अब भने सलमानले यस्ता मानिसहरु सँग काम नगर्ने झमेलामा नपर्ने बताएका छन्। आफ्नो अपकमिंग चलचित्र  ‘रेस 3’ को प्रोमोशानल इन्टरभ्युको बेला पैसा माग्ने वितरकहरु प्रति गुनासो ब्यक्त गरेका हुन्। 

उनले भनेका छन् ” बिजनेसको यो कस्तो तरिका हो की १५  चलचित्रले राम्रो कमाई गरे तर एउटा फ्लप भयो,भने पैसा फिर्ता माग्न घर सम्म आउने ?अब उनीहरु सँग म काम गर्दिन ”

उनले  यसकारण चलचित्र “रेस ३” बाट डिस्ट्रीब्यूशनमा समेत कदम राखेका छन् ,की यदि चलचित्र फ्लप भयो भने पनि कसैलाई पैसा फिर्ता गरिरहनु पर्ने आवश्यकता हुँदैन् ।

पोस्ट पछी 728×90 -1
पोस्ट पछी  728×90 -2
Comments
Loading...